बागमती

रसुवामा फेरि देखिन थाले कोभिड-१९ संक्रमित

इकागज |
बैशाख १०, २०७८ शुक्रबार २१:५ बजे

काठमाडौँ : लामो समयदेखि  शून्यतामा झरेको कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ । उत्तरगया गाउँपालिका–५  पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ एवम् ३२ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्वसावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको हो । 

घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई होम आइसोलेशनमा राखिएको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए । सो आयोजनाले कामदार लिनुपूर्व पीसीआर परीक्षण रिपोर्ट माग्ने गरेको छ ।



Author

थप समाचार
x