बागमती

उम्मेदवारको गाडी मतगणना स्थलमा पसेपछि प्रहरी प्रशासनविरुद्ध नाराबाजी

इकागज |
मंसिर ५, २०७९ सोमबार २१:५३ बजे

मकवानपुर- मकवानपुरको हेटाैंडा-२, स्थित सिदार्थ माविकाे मतगणना स्थलभित्र प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार इन्द्रबहादुर बानियाँकाे गाडी प्रवेश गर्न दिएपछि नाराबाजी भएकाे छ ।

यहाँ दिनभर एकदम कडाइ गरेको सुरक्षा निकायले दलका प्रतिनिधिलगायतलाई माेबाइलसमेत लैजान दिएकाे थिएन ।​ माेबाइल लैजान नदिने प्रशासनले उम्मेदवारकाे गाडी नै भित्र लैजान दिएकाे भन्दै मतगणना स्थलकाे गेटमा चर्काे नाराबाजी भएको हाे ।


मत परिणाम सुन्न गेट बाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । नेतालाई पहुँचका आधारमा दिइने सुविधा र अन्यलाई दिइने सुविधामा विभेद भएकाे भन्दै उनीहरूले मतगणना नै राेक्नुपर्ने चेतावनीसमेत दिइरहेका छन् ।

सोमबार राति करिब ९ बजे बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड क्रुजर गाडी मतगणना स्थलमा विना रोकावट, बिना चेक जाँच प्रशासनले प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरिरहर्काे छन् ।


Author

थप समाचार
x