बागमती

हेटौंडामा मास्क नलाउने २३ जनालाई कारबाही

इकागज |
बैशाख १३, २०७८ सोमबार १२:३० बजे

हेटौंडाः हेटौंडामा मास्क नलगाउने २३ जनालाई प्रहरीले जरीवाना गरेको छ । सोमबार प्रहरीले मास्क नलगाई बजारमा हिडेका २३ जनलाई एक सय रुपैयाँको दरले जरीवाना गरेको हो ।

यस्तै हेटौंडामा निजी सवारीमा लागू गरिएको जोर बिजोर प्रणालीको अवज्ञा गर्दै चलाएका ६८ सवारीलाई प्रहरीले जरीवाना गरेको छ । जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने ५५ वटा मोटरसाइकल, ७ अटो, ५ म्याजिक र मयुरी एकलाई एक सय  रुपैयाँको दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अविनाश अधिकारीले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा भीडभाड बढेको भन्दै निजी सवारीमा आइतबारबाट जोरबिजोर लागू गरेको थियो ।प्रहरीले हेटौंडा बजारमा मास्क नलगाई हिड्नेलाई प्रत्येक बिहान निशुल्क मास्क वितरण समेत गर्दै आएको छ ।


Author

थप समाचार
x