बागमती

मकवानपुर प्रशासनले बार अनुसार सेवा दिने

इकागज |
बैशाख १३, २०७८ सोमबार १८:४ बजे

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीको चाप बढेसँगै प्रशासनले बार अनुसार नागरिकलाई सेवा दिने भएको छ । मकवानपुरको दशवटै स्थानीय तहको नागरिकहरुलाई यसअघि एकै दिन सेवा दिँदै आएपनि मंगलबारबाट भने बार अनुसार स्थानीय तहका नागरिकले सेवा पाउने भएका हुन् ।

नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउन सबै स्थानीय तहका नागरिकहरू आउँदा कोभिडको जोखिम बढेको भन्दै बार अनुसार सेवा दिन लागिएको मकवानपुर प्रशासनले जनाएको छ । सोमबार एक सुचना जारी गर्दै प्रशासनले आइतबार र सोमबार मकवानपुरको थाहा नगर, राक्सिराङ, कैलाश र ईन्द्रसरोबर गाउँपालिकाको नागरिकहरुलाई सेवा दिने जनाएको छ ।



Author

थप समाचार
x