बागमती

बालिका शिक्षामा सुधारका लागि खबरदारी

इकागज |
मंसिर २८, २०७९ बुधबार १३:४८ बजे

मकवानपुर । बालिका शिक्षाको सुधारका लागि सरोकारवालाहरूले खबरदारी गरेका छन् । शिक्षा क्षेत्रमा राजनीतिकरण हावी भएका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै यस्तो खबरदारी गरिएको हो ।

आसमान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा बालिका तथा समावेशी शिक्षाको नीतिगत पैरवी सिकाई आदानप्रदान कार्यक्रम यस्तो बताइएको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमतीका उपेन्द्र राई, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका राजेश बिडारीलगायतले शिक्षामा सकारात्मक सुधार सुरु भएको बताएका थिए ।

प्रदेश सरकारले शैक्षिक सुधारको लागि नेतृत्व र हातेमालो गर्न तयार रहेको राईले बताए । यसैगरी स्थानीय तहमा अभिभावक शिक्षाको सवालमा नियमित कार्यक्रम रहेको बिडारीले बताए । बालमैत्री स्थानीय शासन लागू हुनु गर्न तर्फ लागेको र गैससको समन्वय आवश्यक रहेको उनले बताए । सेनिटरी प्याड, विद्यालय पोसाक खरिदको तयारीमा उपमहानगर रहेको बिडारीले बताए ।

कार्यक्रममा शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालले शिक्षाको सवालमा विद्यमान व्यवस्था, चुनौती तथा सिकाइबारे जानकारी गराएका थिए । जन्मदर्ता नभएको कारण शिक्षाबाट कुनै पनि बालिका शिक्षाबाट वन्चित हुने अवस्था हुन नहुने सिलवालले बताए । किशोरी सशक्तीकरण लागि शिक्षा अनिवार्य रहेको सिलवालले बताए ।

कार्यक्रममा आसमान नेपाल परियोजना फोकल व्यक्ति कृति केशरीका अनुसार मधेश, गण्डकी, बागमती र कर्णाली प्रदेशको २३ स्थानीय तहका ३८ विद्यालय यो कार्यक्रम सञ्चालनमा रहेको छ ।

कार्यक्रममा हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबाले आर्थिक रूपमा अति बिपन्न भएकाको शिक्षाको सवाल कमजोर रहेको बताइन् । सिविन बाल हेल्प लाइन प्रमुख झबिन्द्र ज्ञवाली भौगोलिक दुरीको कारण स्कुल छाड्ने चुनौती ख्याल गर्नु पर्ने औल्याएका थिए । बालबालिका स्कुल छोड्ने कारण अभिभावक सचेत नभएको कारण पनि रहेको ज्ञवालीले बताए । “बालबालिका बिग्रे भन्ने सुनिन्छ तर अभिभावक झन बिग्रन थाले” ज्ञवालीले भने । स्कुल नजाने सबै बालबालिका बाल श्रममा आवद्ध भएको बताए ।

होस्टलमा राखिएका बालबालिकाको भविष्य संकटमा रहेको, आफ्नो काममा सहज हुन बालबालिकालाई मोबाइल दिनाले ड्रप आउट बढेको उनले बताए । जन्मदर्ता अभावको कारण पढ्नबाट बन्चित हुने अवस्थालाई हेरेर वैकल्पिक शिक्षा कार्यक्रम चाहिने उनले बताए । “जन्मदर्ता समस्या समाधान भाषण र गोष्ठीमा मात्रै छ, सफ्टवेयरमा छैन” ज्ञवालीले भने ।

कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियानका प्रकाश खतिवडाले सार्वजनिक शिक्षा सुदृढीकरण गर्नु आवश्यक रहेको बताए । सहभागीहरूले बागमती प्रदेशको राजधानी हेटौंडामा किशोरी सशक्तीकरणको शिक्षा कार्यक्रम माथि छलफल भएको हो । कार्यक्रम शिक्षा पत्रकार समाजका बागमती प्रदेश उपाध्यक्ष रिपेश दाहालले सहजीकरण गरेका थिए ।


अभिभावक शिक्षा, विद्यालय व्यवस्थापन पक्षमा सुधार गर्ने नीतिगत पहल आवश्यक भएको सहभागीहरूले बताएका थिए ।


Author

थप समाचार
x