बागमती

निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखलाई

बागमती प्रदेश : ३३ राजनीतिक दलकाे धरौटी जफत, १ सय १० सांसदको टुंगो

समानुपातिकतर्फ ८० प्रतिशत महिला निर्वाचित

इकागज |
पुस २, २०७९ शनिबार २०:३६ बजे

मकवानपुर- बागमती प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको परिणामको प्रतिवेदन निर्वाचन आयोगले ७ वटै प्रदेश प्रमुख समक्ष शनिबार बुझाएकाे छ । गत मंसिर ४ गते सम्मन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको आयोगले शनिबार प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएसंगै सबै प्रदेशसहित बागमती प्रदेश सभाको १ सय १० सांसदको नाम टुंगो लागेको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था गरेकाे छ । गत बुधबार निर्वाचन आयाेगले प्रतिनिधि सभा र प्रदेश सभाकाे प्रत्यक्ष र समानुपातिक निर्वाचनकाे परिणामसहितकाे प्रतिवेदन सार्वजनिक गरेकाे थियाे ।


प्रदेशकाे प्रत्यक्ष र समानुपातिक निर्वाचनकाे नतिजा अनुसार बागमती प्रदेश सभामा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष ७ र समानुपातिकतर्फ १४ गरेर २१ सिटमा सीमित बन्दै तेस्रो बनेको नेपाली कांग्रेस यसपटक प्रत्यक्ष २५ र समानुपातिकमा १२ गरी ३७ सिटसहित पहिलो पार्टी बनेको हो ।

२०७४ मा प्रत्यक्षमा ४२ र समानुपातिकमा १६ सिटमा विजयी हुँदै ५८ सिटसहित बहुमत प्राप्त गरेको नेकपा एमाले यसपटक प्रत्यक्ष १३ र समानुपातिक १४ गरेर २७ सिटमा विजयी हुँदै दोस्रो पार्टी बनेको छ । यसैगरी, २०७४ मा प्रदेश सभामा दोस्रो बनेको गठबन्धनको नेकपा माओवादी यसपटक २१ सिटसहित तेस्रो पार्टी बनेको छ । उसले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ सिटमा विजयी हुँदै तेस्राे स्थान बनाएकाे हाे ।

यसअघि २०७४ मा प्रत्यक्षमा एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक प्रत्यक्ष ७ र समानुपातिकमा ६ सहित १३ सिट प्राप्त गर्दै चौथो पार्टी बन्न सफल भएको छ । यता, एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी (एस ) पार्टी ७ सिटमा खुम्चिएर पाँचौं बनेको छ । तत्कालीन एमालेबाट टुक्रिएर १२ प्रदेश सभा सदस्यसहित चौथो बनेको एस यसपटक ७ सिटमा खुम्चिएको हो । उसले प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिटसहित पाँचाै दल बनेकाे हाे ।

यसैगरी, प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरेर नेपाल मजदुर किसान पार्टीले ३ सिट विजयी हासिल गरेकाे छ । नेमकिपा प्रत्यक्षमा १ र समानुपातिकमा २ सिटमा विजयी भएकाे हाे । यस्तै हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ सिटसहित २ सिट प्राप्त गरेकाे छ । कूल ११० सदस्यीय प्रदेश सभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित हुने व्यवस्था छ ।

योसँगै यसपटक बागमती प्रदेश सभामा ७ वटा पार्टीकाे प्रतिनिधित्व भएकाे छ । ११० प्रदेश सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्ने हुन्छ । यसअघि ०७४ मा एमाले एक्लैले ५८ सिट प्राप्त गर्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो तर यसपटक कुनै पनि पार्टीले बहुमत प्राप्त गरेको छैन । सत्ता गठबन्धन दलले नै सरकार बनाउने अवस्था छ ।

समानुपातिकमा ८० प्रतिशत महिला

आयोगले बागमती प्रदेश प्रमुखलाई बुझाएकाे निर्वाचन प्रतिवेदन अनुसार प्रदेशको समानुपातिकमा झण्डै ८० प्रतिशत महिला निर्वाचित भएका छन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचित प्रणालीतर्फको कूल सदर मतको १ दशमलव  ४ प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार बागमती प्रदेशको प्रदेश सभामा ७ वटा राजनीतिक दलका प्रतिनिधित्व समानुपातिकबाट निर्वाचित भएका छन् । प्रदेशमा ४४ जना समानुपातिकबाट निर्वाचित भएको मध्य ३४ जना महिला निर्वाचित भएका छन् । राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन कन्जुस्याइँ गरे पनि समानुपातिबाट प्रदेश सभामा ७९ दशमलव  ५५ प्रतिशत महिला सहभागिता रहने भएको छ । बागमती प्रदेशमा समानुपातिकमा प्राप्त कूल सदर मतको आधारमा नेकपा एमालेले १४ सिट प्राप्त गरेको छ । जसमा ९ जना महिला उम्मेदवार र ५ जना पुरुष उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ विन्दु श्रेष्ठ, माईली तामाङ, शुक माया तामाङ, सकुन्तला श्रेष्ठ उर्मिला सुनुवार, भारती पाठक, अप्सरा चापागाई खत्री, माया कुमारी कार्की, बाल कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित भारती पाठक र अप्सरा चापागाई मकवानपुरबाट प्रदेश सभामा विजयी भएका छन् । नेकपा एमालेले प्राप्त गरेको समानुपातिकको सिट मध्य ६४ दशमलव २९ प्रतिशत महिला निर्वाचित भएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसले बागमती प्रदेशमा समानुपातिकतर्फ प्राप्त सदर मतको आधारमा कूल १२ सिट प्राप्त गरेको छ । जसमा ११ जना महिला र एक जना मात्र पुरुषलाई निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट समिता खड्गी, लक्ष्मी देवी श्रेष्ठ, गीता गुरुङ, यमुना देवी श्रेष्ठ, याङगकीला शेर्पा, माया श्रेष्ठ, उर्मिला नेपाल, मिना पराजुली, शान्ता ढकाल, विनु रायमाझी पौडेल, सुना परियार प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । जसमा लक्ष्मी श्रेष्ठ मकवानपुरबाट प्रतिनिधित्व गर्दै प्रदेश सभामा प्रवेश गरेकी हुन् ।

यता नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ ७ सिट प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ५ जना महिला र २ जना पुरुषलाई प्रतिनिधित्व गराएको छ । माओवादी केन्द्रले उर्मिला कुमारी, भुवन केशरी श्रेष्ठ, शुष्पा भुजेल न्यौपाने, अमृता नेपाल, रुकु चौलागाई, इश्वर सापकोटा र देवेन्द्र श्रेष्ठलाई समानुपातिक सदस्यमा प्रतिनिधित्व गराएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टिले प्रदेश सभामा समानुपातिकतर्फ ६ सिट प्राप्त गरेको छ । राप्रपाको तर्फबाट कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ, लक्ष्मी घिमिरे गरी ५ जना महिला निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सभामा २ सिट मात्र प्राप्त भएको छ । जसमा ओम कुमारी श्रेष्ठ र मायादेवी शर्मा समानुपातिक सदस्यमा निर्वाचित भएका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीले प्राप्त गरेको २ सिट नै महिलाले पाएका छन् । नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजू, गिता काफ्ले सदस्य भएका छन् । हाम्रो नेपाली पार्टीले प्राप्त गरेको एक सिटमा सरिता खड्गी निर्वाचित भएकी छिन् ।

बागमती प्रदेशको प्रदेश सभातर्फ ११० जना निर्वाचित भएकाेमा पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएका छन्। बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए । निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएको थियो जसमध्ये २० लाख २७ हजार ६४९ (९६ दशमलव ३४ प्रतिशत) मत सदर भएको थियो भने ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएको थियो जसमध्ये १९ लाख ७३ हजार ४७४ (९४ दशमलव ०१ प्रतिशत) मत सदर भएको थियो भने १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो ।

३३ राजनीतिक दलकाे धराैटी जफत

बागमती प्रदेश सभा अन्तरगत ३३ वटा राजनीतिक दलकाे धरौटी भएकाे छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ ।

यसैगरी प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४ सय १७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४ सय ८४ जनाको धरौटी जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार बागमती प्रदेशमा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५ सय ५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको समेत प्रदेश प्रमुखलाई बुझाइएकाे निर्वाचन प्रतिवेदनमा उल्लेख छ । यसैगरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेका थिए ।

त्यसैगरी, प्रदेशमा प्रत्यक्षतर्फ २ सय ८० महिला र २ हजार ९ सय ४३ पुरुष र अन्य एक गरी ३ हजार २ सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिकतर्फ महिला १ हजार ५ सय ११ र पुरुष २ हजार १ सय ९७ गरी कूल ३ हजार ७ सय ८ जनाको अन्तिम बन्द सूची कायम गरिएको आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को व्यवस्था अनुसार प्रदेश–१ मा ६ वटा, मधेश प्रदेशमा १० वटा, बागमती प्रदेशमा ७ वटा, गण्डकी प्रदेशमा ७ वटा, लुम्बिनी प्रदेशमा १० वटा, कर्णाली प्रदेशमा ६ वटा र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको जनाएको छ ।

यि हुन बागमती प्रदेशका सांसदहरू

नेपाली कांग्रेस 

१. कुन्दनराज काफ्ले
२. रामकुमार पहाडी
३. छेत्र बहादुर बम्जन
४. इन्द्रबहादुर बानियाँ
५. प्रभात तामाङ
६. मदु कुमार श्रेष्ठ
७. गोविन्द लम्साल
८. रमेश कुमार महत
९. बहादुर सिंह लामा
१०. दिपेन्द्र श्रेष्ठ
११. सुरज चन्द्र लामिछाने
१२. छिरिङ दोर्जे लामा
१३. बिमल ठकुरी
१४. श्रीराम लामिछाने
१५. श्याम बहादुर खड्का
१६. हरिप्रभा खड्की
१७. पुकार महर्जन
१८. सुरेश श्रेष्ठ
१९. मीनकृष्ण महर्जन
२०. रामकृष्ण चित्रकार
२१. तिर्थबहादुर लामा
२२. कञ्चन चन्द्र वादे
२३. मसिना खड्का
२४. कृष्ण कुमार तामाङ
२५. उत्तम जोशी
२६. समिता खड्की श्रेष्ठ
२७. लक्ष्मीदेवी श्रेष्ठ
२८. गीता गुरुङ
२९. यमुनादवी श्रेष्ठ
३०. याङ्गकिला शेर्पा रुइत
३१. माया श्रेष्ठ
३२. शिवराज अधिकारी
३३. उर्मिला नेपाल
३४. मीना पोखरेल
३५. शान्ता ढकाल
३६. विनु रायमाझी पौडेल
३७. सुना परियार

नेकपा एमाले

१. भरतबहादुर केसी
२. एकालाल श्रेष्ठ
३. जयराम थापा
४. अमन कुमार मास्के
५. प्रकाश श्रेष्ठ
६. केशव प्रसाद पोखरेल
७. किरण थापामगर
८. मधुसुदन पौडेल
९. रामेश्वर श्रेष्ठ
१०. रघुनाथ महर्जन
११. प्रेमभक्त महर्जन
१२. जगनाथ थपिलया
१३. कृष्ण प्रसाद सिलवाल
१४. बिन्दु श्रेष्ठ
१५. माइली तामाङ
१६. सुकुमाया तामाङ
१७. शकुन्तला श्रेष्ठ राजभण्डारी
१८. उर्मिला सुनुवार
१९. आनन्दकुमार श्रेष्ठ
२०. ज्ञानबहादुर तामाङ
२१. ठूला थामी
२२. भारती कुमारी
२३. अप्सरा चापागाईँ
२४. मायाकुमारी कार्की
२५. दिनेशचन्द्र देवकोटा
२६. हरिप्रसाद सापकोटा
२७. बालकुमारी विश्वकर्मा

माओवादी केन्द्र 

१. युवराज चौलागाईँ
२. तारा नारायण श्रेष्ठ
३. मातृका प्रसाद भट्टराई
४. गंगा नारायण श्रेष्ठ
५. प्रेम बहादुर पुलामी
६. कुमारी मोक्तान
७. इन्द्र प्रसाद गोतामे
८. शालिकराम जम्कट्टेल
९. राधिका तामाङ
१०. रामप्रसाद ढुंगाना
११. रत्नप्रसाद ढकाल
१२. युवराज दुलाल
१३. सरल सहयात्री पौडेल
१४. ठाकुर प्रसाद ढकाल
१५. देवेन्द्र श्रेष्ठ
१६. उर्मिलाकुमारी लामा
१७. सुष्मा भुजेल
१८. डोल्मा थामी
१९. ईश्वर सापकोटा
२०. अमृता नेपाल
२१. रुकु चौलागाईँ

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. डम्बर तामाङ
२. सुनिल के.सी
३. राजु विष्ट
४. राजेन्द्र प्रजापति
५. उद्वव थापा
६. नुरज बज्राचार्य
७. गिर बहादुर तामाङ
८. कुमारी तामाङ
९. आशा लामा
१०. धनेश्वरी प्रजापति
११. मोनिका श्रेष्ठ
१२. भुवनकुमार पाठक
१३. लक्ष्मी घिमिरे

एकीकृत समाजवादी  

१. वसन्त प्रसाद मानन्धर
२. रमा आलेमगर
३. राजेन्द्रमान श्रेष्ठ
४. लक्ष्मण लम्साल
५. कृष्ण प्रसाद खनाल
६. ओमकुमारी श्रेष्ठ
७. मायादेवी शर्मा

नेपाल मजदुर किसान पार्टी 

१. सिर्जना सायजू
२. गीता काफ्ले
३. सुरेन्द्रराज गोसाईँ

हाम्रो नेपाल पार्टी 

१. शैलेन्द्रमान बज्राचार्य
२. सरिता खड्गी


Author

थप समाचार
x