बागमती

महानगरलाई सर्वसाधारणकाे प्रश्न : राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

इकागज |
पुस ३, २०७९ आइतबार १६:३३ बजे

काठमाडौं- काठमाडौंको अनामनगरमा महानगरको ज्यादतीविरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।

आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए ।


स्थानीयले महानगरले निजी सम्पत्तिको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध सिर्जना गरेको भन्दै महानगरको कार्यविरुद्ध नाराबाजी गरेका थिए । स्थानीयको विरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो ।

एक सर्वसाधरणले महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै विरोध गरेका थिए । उनले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको बताए ।

उनले भने, ‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ । एक लाइन राख्न पाउँछ भनेर गएको हो । महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाई दुःख दिन मिल्छ । राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

स्थानीयहरूले महानगरको गाडी नियन्त्रणमा लिएपछि महानगरले प्रहरी परिचालन बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।


Author

थप समाचार
x