बागमती

लागूऔषधसहित दुई समातिए

इकागज |
पुस ७, २०७९ बिहीबार ११:२६ बजे

सांकेतिक तस्बिर

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा १२ तिनताप्केस्थित भित्रि सडक खण्डमा लागूऔषध कारोबार भएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले  लागूऔषधसहित पक्राउ गरेको जिप्रका मकवानपुरले जनाएको छ । 


स्थानीय २१ वर्षीय अबिन थिङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट लागूऔषध नुरफिन ५० एम्पुल, डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल फेला परेको प्रहरीले बताएको छ ।

यसैगरी अर्का स्थानीय ३४ वर्षीय प्रताप घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

नियन्त्रणमा लिएर खोजतलास गर्दा घलानको घरको शौचालयमाथि लुकाई राखेको कुल नुरफिन १०४ एम्पुल, डाईजोपाम ११३ एम्पुल, फेनारगन १०७ एम्पुल बरामद गरिएको जनाएको छ ।


Author

थप समाचार
x