एकल असहाय पुरुषलाई भत्ता
फाइल फोटो
सिन्धुपाल्चोक - ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लागि मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो ।
उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस लिएका पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधैँ रकम जम्मा हुनेगरी मेगा, एनसिसी र सिन्धु बैंकलाई पत्राचार गरेको छ ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषका लागि पाँच सयका दरले भत्ता दिने घोषणा गरेका थिए । त्यही अनुरुप गाउँपालिकाले असक्त एक पुरुषका लागि पनि भत्ताको व्यवस्था गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया