बागमती

किसानलाई बाँदर धपाउने उपकरण

इकागज |
बैशाख १५, २०७८ बुधबार १८:२७ बजे

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई बाँदर धपाउने उपकरण वितरण गरेको छ । बुधबार वडा नम्बर ६ का बाँदर प्रभावित किसानलाई ४१ वटा उपकरण वितरण गरिएको हो । यसअघि ४ नम्बर वडाका टोलविकास संस्था, सहकारी, र व्यवसायिक फर्मलाई ४९ थान उपकरण वितरण गरिएको थियो । 

गाउँपालिकाले ५ लाख रुपैयाँमा २ सय ८० थान बाँदर धपाउने उकरण खरिद गरेर वितरण सुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधारीले बताए । 
मकवानपुरगढी गाउँपालिकाको ८ वडा मध्ये वडा नम्बर २, ३, ४ र ६ बढी बाँदर प्रभावित क्षेत्र हो । बाँदरसँगै मृग र बँदेलले पनि किसानको बालीमा क्षति पु¥याइरहेको कृषक पुष्कर तिमल्सिनाको भनाइ छ । ‘अब मकैको सिजन सुरु भयो, वरिपरि जंगलै जंगल छ, उपकरणले केही राहत पुग्ने आशा गरेका छौं ।’ उनले भने ।  उपकरणको प्रयोग गर्ने तरिका सजिलो भएको उनले बताए । 


उनीहरूलाई बुधबार गाउँपालिकाले उपकरण प्रयोग गर्ने तरिका सिकाएर वितरण गरेको थियो । स्थानीय माधव घिमिरेले बनाएको उपकरण गाउँपालिकाले खरिद गरेर वितरण गरेको हो । उनले उपकरण बाँदरलाई तर्साउन र भगाउने उद्देश्यले बनाएको बताएका छन् । यसअघि गाउँपालिकाका किसानहरुलाई प्रति उपकरण २ हजारका दरमा उनले केही बिक्री गरेका थिए । त्यसको प्रभाव केही परेको प्रतिक्रिया आएपछि थप उपकरण बनाउन उत्साहित भएको उनको भनाइ छ ।
 


Author

थप समाचार
x