बागमती

मुख्यमन्त्रीका दाबेदार थपलिया एमाले संसदीय दलको नेतामा चयन

इकागज |
पुस १४, २०७९ बिहीबार १३:२७ बजे

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले वाग्मती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन ) चयन भएका छन्। नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका थपलिया सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्।

आज बागमती प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो । चितवन निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित थपलिया पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन्।सतारुढ घटक एमाले प्रदेशसभाको दोस्रो ठूलो दल हो । वाग्मती सरकारको नेतृत्व एमालेले पाउँदा मुख्यमन्त्री थपलिया हुने पक्का भएको छ । संसदीय दलको नेता चयन गर्न बोलाइएको बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ,स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी, पोलिट्ब्युरो सदस्य एवम् वाग्मती प्रदेश सह ईन्चार्ज आनन्द पोखरेल केन्द्रीय सल्लाहकार एवम् वाग्मती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेललगायत नेताहरु उपस्थित थिए ।



Author

थप समाचार
x