बागमती

बागमती प्रदेश : पहिलो बैठकले जारी गर्‍यो पाँच अध्यादेश

इकागज |
पुस १८, २०७९ सोमबार १६:५७ बजे

मकवानपुर- बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको ११ औ बैठकको पहिलो सेसन सोमबार बसेको छ ।

बैठकले ५ वटा अध्यादेश जारी गरेको छ । बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक संचालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।


प्रदेशसभाको पहिले बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाले गरेका थिए । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ,२०७९ टेबल गरेका थिए।

त्यसैगरी, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशाेधन गर्न बनेको अध्यादेश टेबल गरेका थिए । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ पेस गरेका थिए ।

यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए।

बैठकमा प्रदेशसभा नियमावली पहिलो संशाेधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाका सदस्यहरू उर्मिला नेपाल, भारती पाठक, ठाकुरप्रसाद ढकाल, लक्ष्मी घिमिरे, राजेन्द्रमान श्रेष्ठलाई मनोनीत गरेको छ ।

आजको बैठकले प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि यही पुष २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

 


Author

थप समाचार
x