बागमती

हेटौंडामा फिबर क्लिनिक सुरु

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १३:५० बजे

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा फिबर क्लिनिक संचालनमा आएको छ । जिल्लामा कोभिड–१९ संक्रमितको संख्या बढेसँगै शुक्रबारबाट अस्पतालले फिबर क्लिनिक संचालनमा ल्याएको हो । 

मकवानपुर जिल्लामा आजसम्म ३ सय २५ सक्रिय संक्रमित छन् ।  अब अस्पतालमा आउने सेवाग्राहीहरुले सुरुमा फिबर क्लिनिकमा जाँच गराएर मात्रै  अन्य सेवा पाउने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले बताए । 


आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालको ज्वरो क्लिनिकको अवलोकनसमेत गरेका छन् । आजबाट हेटौंडा अस्पतालमा कोभिड–१९ बिरामीको उपचार गर्न २० एचडियू बेडको सुरुवात भएको छ । ८ जना स्वास्थ्यकर्मी कोभिड–१९ उपचार गर्न खटिएको चिकित्सक सागर काफ्लेको भनाई छ ।  


Author

थप समाचार
x