बागमती

वाग्मती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने

इकागज |
पुस २७, २०७९ बुधबार १५:२८ बजे

काठमाडौं। वाग्मती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । सत्तारुढ गठबन्धनबाट उनले सभामुख पदमा उम्मेदवारी दिने भएका हुन् । 

वाग्मती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने भएका हुन् । राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो । 


वाग्मती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ ।
 


Author

थप समाचार
x