बागमती

बागमतीमा सभामुखका लागि तीन जनाको मनोनयन दर्ता

इकागज |
पुस २८, २०७९ बिहीबार १४:१४ बजे

मकवानपुर । बागमती प्रदेशको सभामुखमा ३ जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा नेपाली कांग्रेस, नेमकिपाबाट मनोनयन दर्ता भएको हो । यसैगरी सत्तपक्षबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसका शिवराज अधिकारीको मनोनयन दर्ता गरेका छन् । अधिकारीको प्रस्तावकको रूपमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । यसैगरी नेमकिपाबाट सृजना सायजुको उम्मेदवारी दर्ता भएको छ । सायजु प्रस्तावक सुरेन्द्रराज गोसाइ र समर्थक गीता काफ्ले रहेका छन् ।


यसैगरी सत्तापक्षबाट राप्रपाका भुवन पाठकको पनि उम्मेदवारी दर्ता भएको छ । पाठकका लागि एमालेका जगन्नाथ थपलिया र माओवादी केन्द्रका युवराज दुलाल समर्थक रहेका छन् ।


Author

थप समाचार
x