बागमती

बाग्मतीमा ५ अध्यादेश स्वीकृत

इकागज |
माघ २, २०७९ सोमबार १९:१६ बजे

मकवानपुर । वाग्मती प्रदेशसभामा सोमबार दुई वटा बैठक बसेको छ । पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रदेशको सोमबारको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त अध्यादेशलाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश निजामति सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।


यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृति प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।


Author

थप समाचार
x