बागमतीमा नेमकिपा एक्लो प्रतिपक्ष
मकवानपुर- केन्द्रीय संसदको झल्को दिने गरी बागमती प्रदेशमा समेत काँग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिँदा संसद् प्रमुख प्रतिपक्षविहीन भएको छ । गत मंसिरमा सम्पन्न चुनावी परिणामपछि सरकार गठनको समयमा एकाएक बदलिएको सत्ता गठबन्धनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा रहेको थियो ।
बागमती प्रदेश सभामा रहेका ७ दल मध्ये ६ दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । तर ३ सदस्य रहेको नेपाल मजदुर किसान पार्टीले भने विश्वासको मतको विपक्षमा मतदान गरेकोले संसदमा एक्लो तर कमजोर प्रतिपक्ष भएको छ ।
केन्द्रीय सरकारका प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिएको थिएन । नेपाली कांग्रेसले समेत मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएपछि नेमकिपा एक्लो प्रतिपक्षी दल बनेको हो । नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो। नेमकिपाका २०७४ सालमा पहिलो पटक गठन भएको प्रदेश सभमा २ जना प्रदेशसभा सदस्य रहेका थिए ।
११० जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले ९५ प्रतिशत संसद्को मतको विश्वास प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी १०५ जनाले विश्वासको मत दिएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया