बागमती

मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा

इकागज |
बैशाख १९, २०७८ आइतबार १०:१६ बजे

हेटौंडा : मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ । राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको हो । 

जिल्लाको हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी गाउँपालिकामा पूर्ण निषेधाज्ञा र मनहरी गाउँपालिकाको हकमा हाइवेको ५ सय मिटर दाँया र बाँया क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ । 


हेटौंडा उपमहानगरमा ५ सय ७ जना हाल सक्रिया संक्रमित छन् । यसैगरी थाहा नगरमा ३० जना, भीमफेदी गाउँपालिकामा ५ जना र मनहरी गाउँपालिकामा ३१ जना सक्रिय संक्रमित छन् । 


Author

थप समाचार
x