बागमती

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै : को-को हुँदैछन् मन्त्री ?

इकागज |
माघ ११, २०७९ बुधबार ११:१४ बजे

मकवानपुर- बागमती प्रदेशमा आज मन्त्रिपरिषद्‌ विस्तार हुँदैछ । पाँच दलको सहभागीता रहेको बागमतीमा ३ दलबाट मन्त्री हुँदैछन् । दुई दलले भने मन्त्रालयको दाबी छाडेका छन् ।

मुख्यमन्त्री, आर्थिक योजना मन्त्री र अर्को एक मन्त्रालयको लागि ३ सदस्यीय मन्त्रिपरिषद्‌ रहेको छ । अब आज ८ जना मन्त्रीहरू नियुक्त हुनेछन् । तीन दलको सहभागिता रहने बागमतीमा  एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा गरेर लिएका छन् ।


सरकारमा रहेको सबैभन्दा ठुलो दल एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यसैगरी एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका अर्का सांसद केशव पोखरेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले सांसद युवराज दुलाललाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिने भएको छ । माओवादीकी सांसद कुमारी मोक्तानलाई फेरि पनि सामाजिक विकास मन्त्री बन्दैछिन् ।

यसैगरी माओवादी केन्द्रले आन्तरिक मामिला मन्त्री पाउने भएको छ । आन्तरिक मामिला मन्त्रीमा माओवादीका गंगानारायण श्रेष्ठलाई नियुक्त हुने बागमती प्रदेशका सांसद युवराज दुलालले इकागजलाई बताए ।

यस अघि नै मन्त्री भएका राप्रपाका उद्धव थापाले खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय पाएका छन् ।

त्यसैगरी पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएको छ । राप्रपाले भने मन्त्री हुने अन्यको नाम सार्वजनिक गरेको छैन ।


Author

थप समाचार
x