बागमती

हेटौँडामा कोभिडबाट थप एक महिलाको मृत्यु

इकागज |
बैशाख २१, २०७८ मंगलबार १२:१ बजे

मकवानपुर : कोभिड-१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । 

कोभिडबाट हेटौँडा उपमहानगरपालिका-६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको  अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो ।


मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो । स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युपश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा. श्रेष्ठले बताए ।

योसँगै कोभिडका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ । आइतबार राति हेटौँडा उपमहानगरपालिका-१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो । रासस


Author

थप समाचार
x