बागमती

मन्त्री एकालालले गरे ३४ बुँदे प्रतिबद्धता सार्वजनिक

इकागज |
फागुन ११, २०७९ बिहीबार २०:० बजे

मकवानपुर- बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले आफ्नो कार्यकालमा गरिने योजना बारे ३४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

श्रम सम्बद्ध समस्याहरू, श्रमिकका मुद्दाहरू, श्रमिकका पेशागत हक अधिकार सुनिश्चित गर्ने, हाल सम्म समेट्न नसकिएका विभिन्न किसिमका श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषयहरू समाधानका लागि काम गर्ने गरी प्रदेश सरकारले आवश्यकता अनुसार श्रम कार्यालयहरू स्थापनका लागि अध्ययन गर्ने उनले बताए ।


श्रमिकका संवेदनशील मुद्दा तथा गुनासाहरू सुन्न र समाधानका लागि सम्बन्धित निकायमा पहल मन्त्रालयमा रहने गरी चालू आर्थिक वर्ष भित्रै एक श्रमिक डेस्कको स्थापना गरिने मन्त्री श्रेष्ठले बताए । यसका लागि डेस्क संचालन कार्यविधि तयारीको क्रममा रहेको उनले बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लागि विदेश जानुभन्दा पहिला नै रोजगारी सम्बद्ध संचेतना र आवश्यक सूचना प्रवाहका लागि हाल प्रदेशको ८ जिल्लाको ३२ स्थानीय तहको सहभागितामा आप्रवासी सूचना केन्द्र संचालनमा रहेकोमा यसलाई विस्तार गरिनेछ ।

चालू आर्थिक वर्षभित्रै दोलखामा जिल्ला प्रशासन कार्यालयको हाता भित्र रहने गरी केन्द्र संचालनमा ल्याइने उनले बताए ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप पुँजी र प्रविधिलाई स्वदेशमै प्रयोग गर्ने गरी पुनः एकीकरण कार्यक्रम संचालन,  स्वरोजगारीका अवसरहरूलाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम संचालनमा ल्याइनेछ ।

प्रदेश भित्रका महत्वपूर्ण औद्योगिक क्षेत्र र प्रतिष्ठानहरू (हेटौडा, पाटन बालाजु) का श्रमिक संगठन र उद्योग प्रतिष्ठानका व्यवस्थापनसँग नियमित अन्तरक्रिया र संवाद कार्यक्रम संचालन गरिने, हाल श्रम विभागमा दर्ता कायम रहेका ट्रेड युनियन सम्बद्ध संस्थाहरूले आफ्नो प्रादेशिक तहको संगठन विस्तार गर्दा प्रदेशको सम्बद्ध मन्त्रालयसंग आबद्धता लिनु पर्ने गरी आवश्यक कानुनी व्यवस्था गरिनेछ ।


Author

थप समाचार
x