बागमती

अब बिहान ५ देखि ८ बजेसम्‍म मात्र पसल खुल्‍ने

इकागज |
बैशाख २२, २०७८ बुधबार ९:५५ बजे

हेटौँडा : मकवानपुरको चार स्थानीय तहमा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तु किन्‍न बिहान ५ बजेदेखि ९ बजेसम्म बजार खुल्न यसअघि दिइएपनि आजबाट एक घण्टा छोट्याइएको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै बिहान ५ बजेदेखि ८ बजेसम्म मात्रै उपभोग्य वस्तु (खाद्यान्‍न, दुध, मासु, अण्डा, फलफुल तथा तरकारी) विक्रि वितरण गर्न पाउने जनाएका हुन् । निषेधाज्ञा लागू भएको हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी र मनहरी गाउँपालिकामा अब बिहान ५ देखि ८ बजेसम्म ३ घण्टा मात्रै अत्यावश्यक सामान किन्‍न पाइनेछ ।  



Author

थप समाचार
x