बागमती

मकवानपुरमा २ जना कोभिड संक्रमितको मृत्यु

इकागज |
बैशाख २२, २०७८ बुधबार ११:३४ बजे

हेटौंडाः मकवानपुरमा दुई जना कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत मकवानपुरगढी–५ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए । यो सँगै अस्पतालमा मृत्यु  हुनेको संख्या ६ पुगेको छ । 

अस्पतालको कोभिड–१९ उपचार कक्षमा गम्भिर प्रकृतीका कोभिड–१९ संक्रमितहरुलाई मात्रै भर्ना गरिदै आएको छ । आइतबार देखि आजसम्म ६ जनाले कोभिड–१९ उपचार कक्षमा ज्यान गुमाएका हुन् । सोही अवधिमा ७ जना संक्रमितहरु कोभिड–१९ उपचार कक्षबाट डिस्चार्ज भएका छन्  । 


यस्तै मकवानपुरको मनहरीमा गएराति एक पुरुषको मृत्यु भएको छ । सोमबार हेटौंडा आएर स्वाब दिएर  घरमै बसेका ६० वर्षका पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । उनी मुटसम्बन्धी दिर्घरोगी रहेको गाउँपालिककाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिएका छन् । 


Author

थप समाचार
x