बागमती

स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण

इकागज |
फागुन १८, २०७९ बिहीबार २१:४१ बजे

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ ।

    यही फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ भएको प्रशिक्षण हाल मधेस प्रदेशको जनकपुर उपमहानरगपालिकामा सञ्चालन भइरहेको छ । यसअघि सोही प्रकारको प्रशिक्षण बारा जिल्लामा सञ्चालन भएको थियो ।


    जनकपुरमा भएको दुईदिने प्रशिक्षण कार्यक्रमको बुधबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्त्वपूर्ण निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

    निर्वाचनसँग सम्बन्धित गतिविधिलाई आम मतदातासमक्ष पुर्‍याउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उहाँले मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहले मात्र उपलब्ध गराउनसक्ने भएकाले आयोगलाई हरेक स्थानीय तहले मृत्यु भएकाको विवरण नियमित रूपमा उपलब्ध गराइदिन आग्रह गरे । 

    निर्वाचनका बारेमा जानकारीमूलक सन्देश एवं सूचना नियमित प्रचारप्रसार गर्ने कार्यमा पनि स्थानीय तहले अगुवाई लिनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ थियो । प्रशिक्षणमा धनुषा, सिराहा, सप्तरी, सर्लाही र महोत्तरी जिल्लाका स्थानीय तहमा कार्यरत ८८ जना निर्वाचन सम्पर्क व्यक्तिको सहभागिता रहेको छ ।


Author

थप समाचार
x