बागमती

चितवनमा कोभिड–१९ संक्रमित गरे आत्महत्या

इकागज |
बैशाख २३, २०७८ बिहीबार ११:१४ बजे

चितवन : चितवन माडी नगरपालिका–३ घर भएका ३५ वर्षे गोविन्द शाहले बिहीबार बिहान अत्महत्या गरेका छन् । यही बैशाख १५ गते रोजगारीका लागि भारत पुगेका शाह भर्खरै घर फर्केका थिए । 

शाहले २१ बैशाखमा माडीस्थित बघौडा अस्पतालमा कोभिड–१९ परीक्षणका लागि स्वावको नमूना दिएका थिए । उनमा बुधबार (हिजो) कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य बहादुर थापाका अनुसार शाह कोभिड पुष्टि भएपछि घरकै आइसोलेसनमा बस्दै आएका थिए । 


बिहीबार बिहान प्रहरीले शाहको शवलाई उनकै घरको सुत्ने कोठमा नाइलनको डोरीमा झुन्डिएको अवस्थामा निकालेको छ । प्रारम्भीक अनुसन्धानमा कोभिड भएकै कारण आत्महत्या गरेको देखिए पनि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार माडी नगरपालिकामा अहिले २७ जना सक्रिय संक्रमित छन् । एक जना अस्पतालको आइसोलेसन र २६ जना होम आइसोलसनमा बसेका छन् ।   


Author

थप समाचार
x