बागमती

पसल खोल्ने समय बढाउन तरकारी व्यवसायीको माग

इकागज |
बैशाख २३, २०७८ बिहीबार १५:३७ बजे

हेटौंडा : हेटौंका तरकारी व्यवसायीले बजार खुल्ने समय बढाउन माग गरेका छन् । प्रशासनले बिहान ५ बजेदेखि ८ बजेसम्म बजार खुल्न दिने गरेको भएपनि तरकारी बिक्रि नभएपछि व्यवसायीले समय बढाउन माग गरेका हुन् । 

साँझ २ घण्टा वा बिहानै २ घण्टा बढी बजार खुलाउन व्यवसायीले माग गरेका छन् । ‘१५ हजारको तरकारी किनेर ल्याउँछु ५ हजारको पनि बिक्री हुन मुक्किल छ’, व्यवसायी  लालबहादुर जैसवाल भने,‘तरकारी बिक्रि नहुँदा गाईलाई खुवाउन पठाउनु परेको छ ।’ 


एकै दिनमा तरकारी ओइलाउँछ, तरकारी बिग्रने र ग्राहकले त्यसलाई खरिद नगर्ने उनले बताए । ग्राहकहरुले ताजै खोज्छन् हिजोकै तरकारी बिक्रि भएको हुँदैन । यस्तो समस्या उनको मात्रै होइन, मध्यम खुद्रा तरकारी व्यवसायीको पनि यस्तै छ । 

उपेन्द्र ठाकुर खोपेगल्लीमा तरकारी व्यापार गर्दै आएका छन् । उनले दैनिक ४ हजार रुपैयाँको तरकारी होलसेल पसलबाट खरिद गरेर बेच्न ल्याउँछन । तर, एक हजारको मात्रै बिक्रि हुने गरेको छ । उनले बिहान ५ बजेदेखि ८ बजेसम्म बजार खुल्ने समय निकै कम भएको बताए । बेलुका २ घण्टा थप बजार खुले सबै तरकारी बिक्री हुने उनको भनाई छ ।


Author

थप समाचार
x