बागमती

३२ करोड लागतमा बन्दै बागमती प्रहरीको मुख्यालय

इकागज |
बैशाख २६, २०७८ आइतवार १३:१ बजे

हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन हेटौंडामा बन्‍न भएको छ । हेटौंडामा आधुनिक सुविधासम्पन्न मुख्यालय भवनको निर्माण सुरु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

३२ करोड लागतमा बागमती प्रदेश प्रहरीको मुख्यालय भवन ३ वर्षमा सम्पन्न हुनेछ । शनिबार भवनको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले शिलान्यास गरेका छन् । १४ हजार १ सय ८१.६८ वर्गफिट क्षेत्रफलमा भवन निर्माण हुनेछ । यसको लागि प्रदेशबाट चालु आर्थिक वर्षका लागि ५ करोड बजेट निकासा भएको छ ।


टेण्डर प्रक्रिया सवै सम्पन्न गरी ३ करोड ३ लाख २४ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । नेपाल प्रहरीको समायोजन पश्चात प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन भवनको आवश्यकताअनुसार निर्माण सुरु भएको हो । संघीय मातहतमा रहेको प्रहरीको लागि बागमती प्रदेशले हालसम्म १ अर्ब भन्दा बढी लगानी गरिसकेको छ ।

प्रदेश प्रहरी कार्यालय प्रदेश मातहत आउने सुनिश्चित भएर प्रदेशले प्रहरीमा गरेको हो । हालसम्म बागमती प्रदेश सरकारको सहयोगमा प्रदेशमा ३२ प्रहरी ईकाइको निर्माण सम्पन्न गरिसकेको छ भने १२ भवनहरुको निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । 


Author

थप समाचार
x