बागमती

पाँचखालमा मेयर, उपमेयर र कर्मचारीका गाडी एम्बुलेन्समा परिणत

इकागज |
बैशाख २६, २०७८ आइतवार १९:६ बजे

फोटो : मेयर महेश खरेल चढ्ने स्कार्पियो

काठमाडौँ : पाँचखाल नगरपालिकाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका मेयर महेश खरेलले एक विज्ञप्ति जारी गर्दै मेयरको सरकारी र निजी गाडी, उपमेयरको गाडी र प्रमुख प्रशासकीय अधिकृत चढ्ने चार वटा गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय भएको बताएका हुन् ।

नगरपालिकामा रहेका चार वटा एम्बुलेन्स सेवामा खटिएपनि अवस्था कठिन भएकाले नगरपालिका कार्यालयमा रहेका मेयर, उपमेयरका गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्नुपरेको मेयर खरेलको भनाइ छ । 


कोभिड संक्रमणबाट जोगिन पनि मेयर खरेलले आग्रह गरेका छन् । काठमाडौँसँग नाका जोडिएको क्षेत्र भएकाले पनि पाँचखाल नगरपालिका जोखिममा छ ।


Author

थप समाचार
x