Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

बागमती

हेटौंडा रनको उपाधि उमेश गोङ्वालाई

इकागज |
बैशाख ४, २०८० सोमबार ८:५६ बजे

मकवानपुर- हेटौंडामा भएको ‘हेटौंडा रन’ प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ वर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् । 

प्रतियोगितामा सहभागी सोमप्रसाद न्यौपाने प्रथम भए पनि उनी जिल्ला बाहिरको भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन् । न्यौपानेले निर्धारित दुरी १९ मिनेट ५५ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा जिल्ला बाहिरका खेलाडीले सहभागीता जनाउन नपाउने नियमका कारण प्रथम भएका न्यौपाने प्रतियोगिताबाट बाहिरिएका थिए । 


न्यौपाने बाहिरिएपछि भाग्यमानी सावित भएका गोङ्बाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सञ्जिव मिजार द्वितिय र सनिस लामा तृतीय भएका छन् । मिजारले निर्धारित दुरी २० मिनेट १० सेकेण्डमा र लामाले २० मिनेट १८ सेकेण्डमा पार गरेका हुन् ।

उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठले १०/१० हजार नगद पुरस्कार पाएका छन् । 

प्रतियोगिताका विजेता तथा उपविजेतहरूलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए । ५६ जनाको सहभागिता रहेको प्रतियोगिता हेटौंडाको बुद्धचोकबाट सुरु भइ कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो ।


Author

थप समाचार
x