बागमती

फोहोर नउठाउने बालेनविरुद्ध परेको रिटको सुनवाइ आज

इकागज |
बैशाख ५, २०८० मंगलबार ८:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।


अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।
 


Author

थप समाचार
x