बागमती

बागमती प्रदेश सभा बैठक एक महिना पछि बस्दै

इकागज |
बैशाख ११, २०८० सोमबार २०:८ बजे

मकवानपुर- बागमती प्रदेश सभा बैठक एक महिना पछि बस्दै छ ।

२०७९ साल चैत्र १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपश्चात अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक जेठ १२ गतेका लागि आह्वान गरिएको छ । एक महिना दुई दिन पछि बैठक बस्ने गरी वैशाख १२ गते मंगलबार अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।


मंगलबारको बैठकमा प्रदेश स्तरको शिक्षा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेशको संशाेधन विधेयक माथिको दफावार छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

१ सय १० जना सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमालेका, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व रहेको छ ।


Author

थप समाचार
x