Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

बागमती

चितवन-२ मा रविको जित निश्‍चित : १७ हजार मत गन्‍न बाँकी हुँदा ३५ हजार मतान्तर

इकागज |
बैशाख १२, २०८० मंगलबार ८:५४ बजे

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र २ मा मतगणना जारी छ । हालसम्म ६० हजार ६७३ मत गणना सकिएको छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत पाएका छन् । 


नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठको मत लामिछानेको भन्दा ३५ हजार १ सय ४९ मत कम छ । योसँगै लामिछानेको जित निश्चित भएको छ । अब चितवन-२ मा १७ हजार ६ सय ४ मत गन्‍न मात्र बाँकी छ ।

त्यस्तै श्रेष्ठले ७ हजार ९ सय ५२ मत पाएका छन् । 

त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत पाएका छन् ।

आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो ।


Author

थप समाचार
x