बागमती

सरकारको कार्यशैली चित्तबुझ्दो छैन, समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

इकागज |
बैशाख १२, २०८० मंगलबार १२:७ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने भएको छ ।

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपाका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।


सरकारको कायैशैली चित्तबुझ्दो नरहेको बताएका उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।


Author

थप समाचार
x