बागमती

दुई चुनावमा चितवन- २

अघिल्लो चुनावभन्दा रविले बढाए ४९ सय, कांग्रेस र एमालेले गुमाए ३७ सय मत

इकागज |
बैशाख १२, २०८० मंगलबार १२:३९ बजे

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा भन्दा २०८० बैशाख गते भएको उपनिर्वाचनमा लामिछानेले मतान्तर बढाउँदै शानदार जित निकालेका हुन् ।

मंसिर ४ गते भएको निर्वाचनमा रास्वपाका लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । उपनिर्वाचनमा लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् । अघिल्लो चुनावभन्दा उपनिर्वाचनमा लामिछानेले ४ हजार ९ सय १२ मत बढाएका हुन् ।


त्यसैगरी नेपाली कांग्रेसको चितवन क्षेत्र नम्बर २ मा घटेको छ । अघिल्लो चुनावमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका थिए । तर उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जीत नारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत पाएका छन् । अघिल्लो चुनावभन्दा उपनिर्वाचनमा कांग्रेसले ३ हजार ७ सय ३२ मत गुमाएको छ । अघिल्लो चुनावमा कांग्रेसलाई सत्तागठबन्धनको साथ थियो भने उपनिर्वाचनमा पनि कांग्रेसलाई सत्तागठबन्धनको साथ रहेको थियो ।

त्यसैगरी मंसिर ४ को चुनावमा भन्दा उपनिर्वाचनमा नेकपा एमालेको पनि मत घटेको छ । मंसिर ४ को चुनावमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएका थिए । उपनिर्वाचनमा एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाएका छन् । एमालेले चितवन क्षेत्र नम्बर २ मा ३ हजार ७ सय १२ मत घटेको छ ।


Author

थप समाचार
x