बागमती

काठमाडौँ महानगरको विद्यार्थीलाई टाई अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई पत्र

इकागज |
बैशाख १५, २०८० शुक्रबार १५:४२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई टाई अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । 

बिहीबार काठमाडौँ महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९/१२/२८ गतेको निर्णयानुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनै पनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’


 


Author

थप समाचार
x