बागमती

पाँचखाल नगरपालिकाले विपन्‍न कोभिड संक्रमितलाई आर्थिक सहयोग गर्ने

इकागज |
बैशाख २८, २०७८ मंगलबार १६:४० बजे

काठमाडौँ : काभ्रेको पाँचखाल नगरपालिकाले कोभिड-१९ संक्रमित अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने भएको छ । नगर प्रमुख महेश खरेलले संक्रमित अति विपन्न बिरामीको लागि १० हजार उपचार खर्च, मास्क, स्यानिटाईजर, औषधि, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने जानकारी दिए ।

विपन्न संक्रमितले वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजको आधारमा रकम उपलब्ध गराउने नगरप्रमुख खरेलले जानकारी दिए । अति विपन्न नागरिकलाई १० हजार रुपयाँ आर्थिक सहयोग गर्ने घोषणा देशका स्थानीय तहमध्ये पहिलो हो ।


आज आमाको मुख हेर्ने दिन भएकोले नगरले सञ्चालन गरेको आइसोलेसनमा रहेका तथा होम आइसोलेसनमा रहेका आमा, दिदीबहिनीहरूलाई पोषिलो खानेकुरा खरिदको लागि नगरप्रमुख खरेलले जनही २ हजार, मास्क तथा स्यानिटाईटर वितरण गरेका छन् ।

उनले विश्व महामारीको रूपमा देखा परेको नयाँ भेरिएन्ट सहितको संक्रमणबाट सुरक्षित रहन, स्वास्थ्य सावधानीका उपायहरू पूर्णरूपमा अपनाउन पनि आग्रह गरेका छन् ।


Author

थप समाचार
x