बागमती

विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा

इकागज |
बैशाख १६, २०८० शनिबार २१:४९ बजे

मकवानपुर- हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिमा शनिबार पत्रकार सम्मेलन गर्दै गारक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।


हरेक ५ वर्षको अन्तरालमा वैशाख १ गते नयाँ वर्षबाट सुरु हुने महायज्ञ यो वर्ष वृहस्पति अस्थ भएका कारण वैशाख २० गतेबाट सुरु हुने भएको हो । यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा महायज्ञ आयोजना गरिएको थियो । पाँचौं संस्करणको रुपमा २०८० वैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि  वैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।

महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ ।

महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरू, सामाजिक व्यक्तिहरू एनआरएनसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तिहरू, समाजसेवी, बुद्धिजीवी , प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायी लगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।

पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह समेत उनले गरे ।

हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा वैशाख २० देखि २६ गतेसम्म आयोजना हुने महायज्ञ वैशाख २० गते बिहान ७ बजे शङ्ख, घण्ट, खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभूतपूर्व अलौकिक शान्तिशोभा कलशयात्रा, १० बजे समुद्घाटन, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्ति संगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

त्यसैगरी, वैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।

वैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।

वैशाख २३ गते बिहान सबैकार्य पुर्ववत्, दिवकार्य पुर्ववत्, अपरान्ह ३ बजे विश्वशान्तिको कामनासहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम हुने बताएको छ ।

त्यसैगरी, वैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे व्रतबन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।

वैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन वैशाख २६ गते बिहान ७ बजे कथा वाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामूहिक भोजनसहित बिदाइ कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए ।

यस वर्ष २५ हजार महिलाहरूले एकै प्रकारको साडीमा  कलशयात्रा गर्ने महासचिव आचार्यले बताए । पत्रकार सम्मेलनमा समितिका वरिष्ठ सह–संम्योजक उत्तर शर्मा ढकाल, सदस्य अरुण सुमार्गी, प्रचार विभाग संम्योजक माधव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x