बागमती

बागमतीमा एक दिनमा ३४ संक्रमितको मृत्यु

इकागज |
बैशाख २९, २०७८ बुधबार ११:५२ बजे

फाइल तस्‍बिर

मकवानपुर : बागमती प्रदेशमा एकै दिनमा ३४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुषगरी कूल १८ जनाको मृत्यु भएको हो ।
 
त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वागमती प्रदेशमासङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।



Author

थप समाचार
x