बागमती

२४ घण्टामा चितवनमा ११ संक्रमितको मृत्यु

इकागज |
बैशाख २९, २०७८ बुधवार १६:२७ बजे

चितवन : पछिल्लो २४ घण्टामा चितवनमा उपचाररत ११ संक्रमितकोे मृत्यु भएको छ । भरतपुर अस्पतालमा चितवनका २ जना, गुल्मी र कपिवस्तुको एक एक जनाको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा चितवनका दुई, गुल्मी र नवलपरासीका एक एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज साइन्समा चितवनकै दुई जना र निजगढका एक जना उपचाररत संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको हो ।


चितवनमा अहिले २ सय ४८ जना आइसियू, ४४ जना भेन्टिलेटर, ७८ जना एचडियूमा र १ सय ४४ जना सामान्य वार्डमा उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा चितवनमा उपचाररत ४२ संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । चितवनमा ३ हजार बढी सक्रिय संक्रमितको संख्या छ भने हालसम्म १० हजार ४ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको अवस्था छ । चितवमा जिल्लाबाहिरका अधिकांश उपचाररत रहेको उनले बताए । धेरैलाई उच्च अक्सिजन दिनुपरेको उनको भनाई  छ ।


Author

थप समाचार
x