यसरी हटाइयो न्युरोड र माइतीघरमा अव्यवस्थित तार (फोटो फिचर)
काठमाडौँ- आजदेखि काठमाडौँ महानगरपालिकाभित्रका क्षेत्रमा अव्यवस्थित तार काटने कार्यको सुरु गरेको छ ।
महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।
गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया