बागमती

बागमती प्रदेशसभाको अधिवेशन जेठ ९ गते बाेलाउने निर्णय

इकागज |
बैशाख ३१, २०८० आइतबार २०:१४ बजे

मकवानपुर- बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक आज बसेको छ । उक्त बैठकले प्रदेश सभाको अधिवेशन जेठ ९ गते १ बजे आव्हान गर्ने निर्णय गरेको छ ।

आजको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको छ । यस्तै दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ति (७७५ रोपनी) सम्बन्धी प्रारम्भिक प्रकृया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।



Author

थप समाचार
x