महानगरले भत्कायाे अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ । हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो ।
उक्त संरचना अनधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए । भवन भत्काउनु अघि संघका व्यक्तिहरूले विनाजानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए । पाण्डेले भने पटकपटक जानकारी गराउँदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको बताए । उनले महानगरको अनधिकृत संरचना हटाउने अभियानबाट फिर्ता नहुने स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया