बागमती

बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?

इकागज |
जेठ २, २०८० मंगलबार १६:३८ बजे

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा मिल्यो मिलेको छ । सत्तासीनहरूले एउटै मन्त्रालय नछाड्ने अडान तोड्न नसकेकै कारण बागमती सरकार ४८ दिनदेखि मन्त्री विहीन छन् । डेढ महिनादेखि अनिर्णयको बन्दी बन्दै आएकोमा सत्तापक्ष दलहरूबीच भागबण्डा मिलेको हो ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि नेकपा एमाले र राप्रपाले छोडेका ७ मन्त्रालयमा कांग्रेस र नेकपा एकीकृत समाजवादी बीचमा भागबण्डा मिलेको हो। यसअघि सत्ताधारी दलबीच हानथाप गरेर भागबण्डामा समस्या भएको थियो । जसको कारण सरकारलाई पूर्णता दिन सकेको थिएन ।

पछिल्लो पटक नेपाली कांग्रेस र एकीकृत समाजवादीबीचमा सहमति जुटेको हो । प्रदेशको ६ मन्त्रालयमा दाबी गरिरहेको कांग्रेसले ५ मन्त्रालय लिने सहमति जनाएपछि भागबण्डा मिलेको हो । एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएको छ ।

समाजवादीको केन्द्रीय नेतृत्वको निर्देशनमा बागमती प्रदेश सरकारमा गठबन्धनबीचमा भागबण्डा मिलेको प्रदेश सभाका एक सांसदले बताए ।

यसबारे अन्तिम टुङ्गो भोलि बुधबार बिहान सत्तापक्ष दलको बैठकले टुङ्ग्याउने छ । बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने बारेमा समेत निर्णय गर्ने बताइएको छ।

गत चैत २६ गते कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा अर्थमन्त्री र तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका थिए। हाल बागमती मन्त्रिपरिषदमा ५ मन्त्रालय रिक्त छन्। सो मध्ये अब कांग्रेसले ३ मन्त्रालय पाउनेछ भने एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको हो।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाली कांग्रेसलाई मन्त्रालय भाग लगाइदिएपछि अब मन्त्रालयहरुको कामले रफ्तार लिने अपेक्षा गरिएको छ । बागमती प्रदेशमा गठबन्धन दलबीच मन्त्रालय भागबण्डा नमिल्दा र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिएपछि सरकार अपूर्ण छ । नेपाली कांग्रेसले ६ वटा मन्त्रालय र एकीकृत समाजवादीले २ वटा मन्त्रालय मागेपछि भागवण्डा मिलेको थिएन ।

आगामी आर्थिक वर्ष २०८०।८१ का लागि बजेट निमार्ण गर्नुपर्ने समयमा ५ वटा मन्त्रालयहरू रिक्त भएपछि तत्कालका लागि कांग्रेसलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसलाई ५ वटा मन्त्रालय मात्रै लिन प्रस्ताव गर्दा नमानेपछि कांग्रेसले हालसम्म २ वटा मन्त्रालयमात्रै सम्हालेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई स्वास्थ्य मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । लामा हाल आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बजेट निर्माणको चटारोका कारण कांग्रेसलाई ३ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । नेकपा एकीकृत समाजवादीलाई भने तत्काल जिम्मेवारी नदिइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

कांग्रेसबाट यसअघि दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ लामाले खानेपानी तथा सिचाईं मन्त्रालय सम्हालेका थिए । बागमतीमा हाल श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि विकास मन्त्रालय रिक्त छ । अब दुई मन्त्रालय नेकपा एसले लिने संभावना देखिएको छ ।



Author

थप समाचार
x