बागमती

हेटौंडा अस्पतालमा थप संक्रमितको उपचार नहुने

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १३:२१ बजे

हेटौंडाः हेटौंडा अस्पतालमा थप संक्रमितको उपचार नहुने भएको छ । अहिले ४५ जना संक्रमितहरूलाई अस्पतालले उपचार सेवा दिइरहेको छ । उनीहरूमध्ये ७ जनालाई उच्च अक्सिजन दिनुपरेको छ । यस्तै आइसीयू र एचडीयू बेड भरिएसँगै थप संक्रमितको उपचार दिन सक्ने अवस्था नरहेको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफलेले जानकारी दिए । 

उनले संक्रमितहरू सबैलाई अक्सिजनको सहायतामा राख्नुपरेको भन्दै अक्सिजन अभाव भएको बताए । अहिले दैनिक २ सय २० सिलिण्डर आवश्यक छ । मकवानपुरमा अक्सिजन प्लान्ट नहुँदा छिमिकी जिल्लाहरु बारा, चितवन, नवलपरासिको भर पर्नुपरेको छ । अक्सिजन सिलिण्डर रिफिल गर्न पठाइए पनि उतै आवश्यक भएको भन्दै अक्सिजन नपठाएको काफ्लेले बताए । 


‘अब अस्पतालमा अक्सिजन अभाव हुँदैछ । जसोतसो सिलिण्डर संकलन भए पनि समयमा रिफिल नगरिदिँदा समस्या सिर्जना भयो । १५ जना स्वास्थ्यकर्मी संक्रमित भइसक्यौ ।’ यस्तो अवस्थामा सेवा दिन कठिनाइन छ उनले भने । अस्पतालमा अहिले १ सय स्वास्थ्यकर्मीहरुले तीन सिफ्टमा उपचार सेवा दिइरहेका छन् । 


Author

थप समाचार
x