बागमती

हेटौंडाका दुई निजी अस्पतालले कोभिड संक्रमितको उपचार नगर्ने

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १७:३५ बजे

हेटौंडाः हेटौंडाका दुई निजी अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका छन् । केही दिन अघि मात्रै कोभिड अस्पतालको रूपमा सेवा सुरु गरेका सहकारी अस्पताल र चुरेहिल हस्पिटलले पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा शुक्रबारदेखि कोभिड संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा उपचार प्रभावित हुने भएकोले उपचार नगर्ने घोषणा गरेका हुन् । मकवानपुर सहकारी अस्पतालमा ६ जना उपचाररत छन् भने हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलमा ४ जना कोभिड–१९ संक्रमित विरामी उपचाररत छन् । दैनिक दुबै अस्पताललाई ३० सिलिण्डर अक्सिजन आवश्यक हुने बताइएको छ । यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पतालले पनि अक्सिजनको अभावमा कोभिड–१९ संक्रमितको उपचार प्रभावित हुने जनाइसकेको छ । 



Author

थप समाचार
x