बागमती

चन्द्रागिरी एक साता सिल, नागढुंगाबाटै फर्काइयो अत्यावश्यकबाहेकका सवारी साधन

इकागज |
जेठ १, २०७८ शनिबार १२:११ बजे

काठमाडौँ : काठमाडौँको चन्द्रागिरी नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ । आज जेठ १ गतेदेखि लागू हुने गरी ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सर्वसधारणलाई हिँडडुल गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्‍न पसल, किराना पसल, मासु पसल, फलफूल  तथा तरकारी पसल, निर्माण व्यवसायीलगायतका पसलहरू, नगरपालिका वडा कार्यालय, नगरबाट संञ्चालित योजनाहरू, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संस्थाहरू निजी सम्पूर्ण कार्यालयका सेवा पूर्वरुपमा बन्द गरी नगरपालिकालाई नै सिल गरेको हो ।


खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनहरूलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्‍न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ ।

नगरपालिकाले बैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सिमाबाट फर्काउनुपर्ने सवारी साधनहरू धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । शनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ । एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै संञ्चालन भएका छन् । सर्वसाधरण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिड्ने सर्वसाधरणहरू देखिएका छैनन् ।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने बैशाख २८ गते काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोप केन्द्रसम्म आवत-जावत गर्न दिइनेछ ।


Author

थप समाचार
x