बागमती

बनेपामा कोभिड अस्पताल सञ्चालन हुने

इकागज |
जेठ १, २०७८ शनिबार २०:३ बजे

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा  कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । नगरपालिकाले अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ । 

नगरपालिकाबाट १५ शैयाको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शैयाको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको शैया हुने छ ।


 नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए । रासस
 


Author

थप समाचार
x