बागमती

कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डंगोल

इकागज |
जेठ २७, २०८० शनिबार १९:३९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले एकताबद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताइन् । उनले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् । उनले पहिचान जीवित बनाउनका लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् ।​


उपमेयर डंगोलले काठमाडौँ महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन् ।


Author

थप समाचार
x