बागमती

बागमती प्रदेश सभाको बैठक जेठ ३२ गते बस्ने

इकागज |
जेठ २९, २०८० सोमबार १७:१४ बजे

मकवानपुर- बागमती प्रदेश सभाको बैठक यही जेठ ३२ गते बस्ने आह्वान गरिएको छ । 

बैठक अपराह्न २ बजे बस्ने गरी साेमबार आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


प्रमुख सचिव खड्का अनुसार आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेष्ठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक पनि आह्वान गरिएको प्रमुख सचिव खड्काले बताए ।

प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । नीति तथा कार्यक्रममा अत्यावश्यक कार्यक्रमहरू छुटाएको भन्दै प्रमुख प्रतिपक्ष रुष्ट छ ।


Author

थप समाचार
x