विद्यालय कार्यसम्पादन परीक्षणमा मकवानपुरकाे सिद्धार्थ मावि जिल्ला प्रथम
मकवानपुर- विद्यालय कार्यसम्पादन परीक्षणमा मकवानपुर हेटौंडा-२ स्थित सिद्धार्थ मावि जिल्ला प्रथम भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदनहरू कार्यान्वयन अभियान प्रतिवेदन संश्लेषण, २०७९ मा उल्लेख भए अनुसार विद्यालय कार्यसम्पादन परीक्षणमा सिद्धार्थ मावि जिल्ला प्रथम हुन सफल भएको हो ।
देश ६४ जिल्लाका ४ हजार ८६७ सामुदायिक विद्यालयमध्ये यस सिद्धार्थ माध्यमिक विद्यालय मकवानपुर ८४ दशमलव ४२ प्राप्त गरी जिल्लामा पहिलो हुन सफल भएको हो । देशभरमा भने सिद्धार्थ मावि ३७ औं स्थानमा परेको छ । मकवानपुर जिल्लाबाट दोस्रो स्थानमा भानु मावि भएको छ । मकवानपुरगढी गाउँपालिकास्थित भानु माविले ८३ दशमलव २७ प्रतिशत अंक ल्याएको छ ।
भानु कूल नतिजामा भने ४९ औं स्थानमा छ । विद्यालयलाई यो उचाइमा पुर्याउन प्रत्यक्ष र परोक्ष रूपमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, कार्यरत शिक्षक, विद्यार्थी, अभिभावकहरूको देन रहेको प्रधानाध्यापक मोहन शर्माले प्रतिक्रिया दिए । विद्यालयको समग्र स्तर निर्धारण गर्न भार अंक १०० तोकिएकोमा ८४ दशमलव ४२ प्राप्त गरी मध्यम स्तर हासिल गरेको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ४० प्रतिशत अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० भन्दामाथि ल्याउनेलाई उत्कृष्ट विद्यालयका रूपमा सूचक निर्धारण गरेको सूचनामा सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७३।०७४ बाट देशभर विद्यालयको कार्यसम्पादन परीक्षण कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न थालिए पश्चात् हालसम्म ६४ जिल्लाको परीक्षण सम्पन्न भएको र परीक्षण भएका विद्यालयमध्ये ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको नतिजा विश्लेषण सार्वजनिक गरिएको केन्द्रले जनाएको छ ।
हालको ६४ जिल्लाको नतिजामा कास्कीको विन्दवासीनी मावि ९४ दशमलव ९५ प्रतिशत अंकका साथ प्रथम भएको छ । यसैगरी एभरेष्ट इङ्ग्लिस स्कुल भक्तपुर ९१ दशमलव १६ तथा भानु मावि कन्चनपुर ९० दशमलव ७४ प्रतिशत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया